विप्लव नेतृत्वको नेकपाको बेनीमा मसाल जुलुस
- २९ कार्तिक २०७८, सोमबार
- 535 पटक पढिएको
बेनी २९ कार्तिक । मूल्य वृद्धिको विरोधमा भोलि कार्तिक ३० गते विप्लव नेतृत्वको नेकपाले आयोजना गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा सोमबार साँझ बेनीमा मसाल जुलुस निकालेका छन् ।
नेकपाका कार्यकर्ताहरूले पार्टी कार्यालयबाट जुलुस निकालेका हुन । तर सडकमा आईनसक्दै प्रहरीले हस्तक्षेप गरेको थियो । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस लगायतमा गरिएको मुल्य बृद्धिको विरुद्धमा नेकपाले नेपाल बन्दको आह्वान गरेको छ ।