नेकपा (माओवादी केन्द्र) को ढोल्ठान र कोसेपानीमा टोल कमिटी गठन

  • २७ कार्तिक २०७८, शनिबार
  • 1027 पटक पढिएको

बेनी, २७ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार बेनी नगरपालिका- ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन गरेका छन् ।


नगरपालिकाको वडा नम्वर ९ स्थित उपल्लो ढोल्ठानमा अम्मरबहादुर विकको नेतृत्वमा टोल कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा डोविन दर्जी र सचिवमा भविलाल दर्जी लगायतको १३ सदस्य टोल कमिटी गठन भएको वाईसियल जिल्ला अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।


त्यस्तै कोसेपानीमा दीपक कार्की नेतृत्वमा टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ध्रुव चोखाल र सचिवमा राम मिजार सहितको १९ सदस्यीय कमिटी निर्माण भएको अध्यक्ष खत्रीले जानकारी दिए । कोसेपानीमा वाईसियल टोल कमिटी पनि गठन गरिएको छ। टोल कमिटीको अध्यक्षमा अर्जुन विक, उपाध्यक्ष दामोदर शर्मा, सचिवमा सुजन विकसहितको १७ सदस्यीय कमिटी गठन भएको छ।


टोल कमिटी विस्तारमा ढोल्ठानमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, वडा समिति अध्यक्ष झलक विक, सागर बानियाँ, गणेश शर्मा लगायतको उपस्थित थियो। कोसेपानीमा माओवादी बेनी नगर कमिटी अध्यक्षः शेरबहादुर केसी, वाईसियल म्याग्दीका अध्यक्ष खत्री, वाईसियल बेनी नगर कमिटी उपाध्यक्ष नवराज भण्डारी लगायतको उपस्थित संगठन विस्तार भएको थियो ।

नेकपा माओवादी केन्द्र म्याग्दीले कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको छ ।