एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन
- २६ कार्तिक २०७८, शुक्रबार
- 870 पटक पढिएको
म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्।
जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् ।
महिलातर्फ गण्डकी प्रदेश सरकारकी पुर्वमन्त्री नरदेवी पुन, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, र दलितबाट पुष्कर विक तथा मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु चयन भएको एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिए ।