नारच्याङका ५२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटो फिचर)

  • १३ कार्तिक २०७८, शनिबार
  • 1421 पटक पढिएको

बेनी, १३ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ज्येष्ठ नागरिकहरुलाई भव्य सम्मान गरिएको छ । वडाभित्र रहेका ८० बर्ष उमेरबढीका सबै ज्येष्ठ नागरिकहरुलाई माला, अविर, खादा, दोसल्ला र नगद सहित सम्मान गरिएको हो ।


स्थानीय ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लिले वडा कार्यालयसंगको समन्वयमा ५२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगर, वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, जिल्ला समन्वय समितिका सदस्य मेख गर्वुजा, इनर्जी रिसोर्सेज एण्ड सोलुसन प्रा.लि.का शंकर बस्याल, स्थानीय आमा, युवा क्लब लगायतका प्रतिनिधिहरुलाई सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा आयोजनाको तर्फबाट ज्येष्ठ नागरिकलाई रु ५ सयका दरले नगदका साथै दोसल्ला आढाएर सम्मान गरिउको थियो भने स्थानीय शिवालय मन्दिर संरक्षण समितिले समेत ज्येष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको थियो । कार्यक्रममा अन्नपूर्ण युवा क्लब र सिर्जनशिल आमा समूहले समेत उहाँहरुलाई सम्मान गरेका थिए ।