जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली

  • ८ कार्तिक २०७८, सोमबार
  • 1193 पटक पढिएको

म्याग्दी, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन लागि टोकन प्रणाली सुरु गरिएको हो ।


प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई ब्यवस्थित बनाउन टोकन प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिनुभयो । सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट दिने सेवा एकै ठाउँबाट सेवाग्राहीलाई लिने ब्यवस्था मिलाएको प्रजिअ रानाले बताउनुभयो ।

सेवाग्राहीको सहजताका लागि सहायता कक्ष राखेको छ । सहायता कक्षबाट प्रशासनमा पुगेका सेवाग्राहीको आवश्यक कागजपत्र र प्रक्रिया पुगे नपुगेको पक्षिण गरेपछि टोकन दिने नियम रहेको प्रशासनले जनाएको छ ।

दँशै तिहारको अवसरमा पढाई र रोजगारको शिलशिलाले काठमाण्डौ, पोखरा र प्रवासमा रहेका युवायुवती जिल्लामा फर्किएपछि विदाको समयमा नागरिकता, पासपोर्ट र प्रतिलिपि बनाउन प्रशासनमा सेवाग्राहीको भिड छ ।