एमालेकाे मालिकामा ५ वटा र धौलागिरीमा ३ वटा वडामा नयाँ नेतृत्व चयन
- ६ कार्तिक २०७८, शनिबार
- 891 पटक पढिएको
-
म्याग्दी ६ कात्तिकदेखि । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ ।
कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर पुन चयन हुनभएको छ । वडा नं ३ डाँडागाउँमा बल बहादुर बुढाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा ओमदेवी खत्री, सचिवमा रिया सिउँथानी, उपसचिवमा चन्द्र बहादुर बुढाथोकी र रोशन रोका चयन हुनभएको छ । वडा नं ४ ओखरबोटमा गोबिन्द कँडेल अध्यक्ष, दल प्रसाद श्रीपाली उपाध्यक्ष, दिनेश पुन सचिव, रमन घर्ति मगर र चिन्तामणी गुरुङ्ग उपसचिव रहेको वडा कमिटि गठन भएको छ । त्यस्तै वडा नं ६ को अध्यक्षमा तारामान रोका चयन हुनुभएको छ । २५ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा अनिल पुर्जा, सचिवमा सौगात गुरुङ्ग, उपसचिवमा धन बहादुर रोका र रतिमाया किसान रहनुभएको छ । वडा नं ७ मा टुकलाल चोचाङ्गे अध्यक्ष, बिर बहादुर जुग्जाली उपाध्यक्ष, कुमार जुग्जाली सचिव, पुर्ण जुग्जाली र सन्दिप जुग्जाली उपसचिव रहेको वडा कमिटि गठन भएको छ । मालिकाको वडा नं २ र ५ को अधिवेशन आइतबार सम्पन्न गरिनेछ ।
त्यस्तै धौलागिरी गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न भएको छ । वडा नं ३ मुनामा बिष्णु भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा पुर्खाराम पुन, सचिवमा लोकेन्द्र बुढा, सहसचिवमा बल बहादुर गर्बुजा र गंगा पुन चयन हुनुभएको छ ।
वडा नं ४ मुदीमा गणेश घर्तिको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा चतनरसिं घर्ति मगर, सचिवमा देविना घर्ति, उपसचिवमा गंगा घर्ति र कुल बहादुर घर्ति चयन हुनुभएकाे छ। वडा नं ७ मा कलानिधि शर्मा अध्यक्ष, खिम बहादुर थापा उपाध्यक्ष, तेजेन्द्र थापा सचिव, टेक केसी र ओम प्रकाश केसी उपसचिव रहेको वडा कमिटि गठन भएको छ । बाँकी वडाहरुमा कार्तिक ७ र ८ गते अधिवेशन सम्पन्न गरिने एमाले म्याग्दीले जनाएको छ ।