मंगलामा ३ वटा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा एमालेको नयाँ नेतृत्व चयन
- ६ कार्तिक २०७८, शनिबार
- 881 पटक पढिएको
म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको ३ वटा वडामा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा शनिबार प्रथम अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको छ । मंगलामा सम्पन्न अधिवेशनले वडा नं १ कुहुँमा एकजित रोकाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
वडा कमिटिको उपाध्यक्षमा रन बहादुर खत्री, सचिवमा सुसन किसान, उपसचिवमा टकमाया पुन र लाल कुमार रोका चयन हुनुभएको छ । त्यस्तै वडा नं २ मा जिबन कार्कीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सरस्वती भट्टराई, सचिवमा रामु गुरुङ्ग, उपसचिवमा कुमार किसान र चन्द्रमान शेरपुन्जा चयन हुनुभएको छ । वडा नं ५ मा कृष्ण छन्त्यालको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र केसी, सचिवमा सिजन रोका, उपसचिवमा कबिता बिश्वकर्मा र ईश्वर कँडेल चयन हुनुभएको छ ।
३ वटै वडाहरुमा सर्वसम्मत रुपमा कमिटि चयन गरिएको एमाले म्याग्दीले जनाएको छ । मंगलाको वडा नं ३ र ४ बरंजामा भने कार्तिक ७ गते ( भोली) अधिवेशन सम्पन्न गरिने भएको छ । त्यस्तै अन्नपुर्ण गाउँपालिकाको वडा नं ६ मा भक्त बहादुर खड्काको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा चिना गर्बुजा पुन, सचिवमा राजाराम बरुवाल, उपसचिवमा सिर्जना खड्का बरुवाल र कृष्ण गर्बुजा चयन हुनुभएको छ ।