पिप्लेमा पौडेलको नेतृत्वमा एमाले वडा कमिटी चयन

  • ६ कार्तिक २०७८, शनिबार
  • 1036 पटक पढिएको

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका-३ राखु पिप्लेमा सुमन पौडेलको नेतृत्वमा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । पौडलको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा पवन मल्ल, सचिव भरतराज शर्मा सुवेदी, सह-सचिवमा जित बहादुर खत्री र टिका सेन सर्वसम्मत चयन भएका हुन् ।

वडा कमिटीको सदस्यहरूमा बलराम खत्री, रत्नकुमारी कार्की, राम्जी शर्मा, भिमप्रसाद शर्मा, सुर्य कार्की, जयन्ती मल्ल भण्डारी, यशोदा शर्मा सुवेदी, फूलकुमारी परियार, समिर परियार गीत परियार लगायत रहेका छन् ।


वडा कमिटी निर्वाचित पदाधिकारीलाई जिल्ला कमिटीका सचिव बालकृष्ण सुवेदी, गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्की लगायतको उपस्थित सपथ ग्रहण गराएका थिए । एमाले म्याग्दीले कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशन मिति अनुसार कमिटी गठन तिव्र छ ।