पहिरोले लमसुङमा चार घर विस्थापित, स्वास्थ्य चौकी उच्च जोखिममा
- ५ कार्तिक २०७८, शुक्रबार
- 1069 पटक पढिएको
म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङमा गएराती गएको पहिरोले चार घर विस्थापित भएका छन भने स्वास्थ्यचौकी भवन उच्च जोखिममा परेको छ । बस्तीमुनीबाट बग्ने दरखोलाको कटानले लमसुङ भराङताल भन्ने ठाउँमा गएको पहिरो बस्तीसम्म नै पुगेपछि बस्ती र स्वास्थ्यचौकी भवन उच्च जोखिममा परेको स्थानीय अगुवा ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो ।
![](https://myagdionline.com/wp-content/uploads/2021/10/DSC_0542.jpg)
पहिरोको जोखिम बढेपछि भबहादुर पाईजा, ज्ञानबहादुर पाईजा,दल बहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका छन् । स्थानीयबासीको सहयोगमा उनीहरुका घरका सामान अन्यत्र सारिएको छ । ‘‘पहिरो बस्ती सम्मै आएको छ, तत्काल रोकथाम र बस्ती संरक्षणतर्फ ध्यान नदिने हो भने बस्ती संगै स्वास्थ्यचौकी भवन समेत पहिरोले बगाउने जोखिम छ’’–पाईजाले भन्नुभयो । लमसुङ बस्ती र स्वास्थ्यचौकी भवनलाई यस अघिको जुगेपानीको पहिरोले समेत जोखिममा पारेको थियो ।