मोना अन्तराष्ट्रियको अध्यक्षमा अमर छन्त्याल निर्वाचित

  • ४ कार्तिक २०७८, बिहीबार
  • 1213 पटक पढिएको

म्याग्दी ४ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक सुवास कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष डदिवल खड्का (जापान),उपाध्यक्षहरू सुर्य भट्टचन (पोर्चुगल),जंग वहादुर पुन (युके),नन्द गर्वुजा(युएई),महिला उपाध्यक्ष पुर्णिमा पाईजा(हङकङ),महासचिव हरि रामजालि(अष्ट्रेलिया),सचिव सुनेश केसि( दक्षिण कोरिया),विष्णु बरूवाल सुवोध ( साउदि) निर्वाचित हुनुभएको छ ।

यसैगरि प्रवक्तामा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), कोषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित हुनुभएको निर्वाचन संयोजक श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन कार्तिक २ गतेदेखि बेनिमा सुरू भएको थियो ।