आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेकाे तीन दिनमै बुझाए राजीनामा

  • २४ आश्विन २०७८, आईतवार
  • 825 पटक पढिएको

काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । विवादमा आएपछि मन्त्री पदको सपथ लिएको तीन दिनमै हमालले राजीनामा दिएका हुन् । वर्तमान सरकारबाट मन्त्रीबाट राजीनामा दिने हमाल पहिलो व्यक्ति समेत बनेका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएको थियो । काँग्रेसका पुराना नेता रहेका हमाल प्रधानन्यायाधीश जवराको जेठान समेत हुन । विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए । हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानमा भएको व्यवस्था अनुसार गैर साँसद रहेका हमाल ६ महिनासम्म मन्त्री बन्नसक्ने थिए ।