च्याङ्ग्रा लिन मुस्ताङ गएका व्यापारी भन्छन्ः जोमसोममै च्याङग्राको मूल्‍य दश हजारसम्‍म बढेको छ

  • १८ आश्विन २०७८, सोमबार
  • 1016 पटक पढिएको

म्याग्दी १८ असोज। दशैँ आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाए झैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् ।