कुवागैरामा माओवादीका टोल कमिटी गठन
- ९ आश्विन २०७८, शनिबार
- 1217 पटक पढिएको
बेनी, ९ असोज । बेनी नगरपालिका-९ स्थित कुवागैरामा शुक्रबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ । राजाराम सुवेदीको अध्यक्षतामा माओवादी केन्द्रको २१ सदस्यीय टोल कमिटी गठन भएको हो ।

माओवादीको टोल कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का रहेका छन् ।
टोल कमिटीको सदस्यमा सुनिल थापा, नारायण सुवेदी, टिकाराम सुवेदी, अनुस्का सुवेदी, ज्ञानु सुवेदी, झलक खत्री, नमराज सुवेदी, रजनी सुवेदी सृजना खड्का लगायत सदस्यमा रहेको नगर कमिटी सदस्य गणेश सुवेदीले जानकारी दिए ।
टोल कमिटी गठन कार्यक्रममा माओवादीका नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले माओवादीले नगरपालिका भित्र भएका वडाको टोल-टोलमा पुगेर पार्टी र जनबर्गीय संगठन पुर्नगठनलाई तिब्रता दिएको बताए । टोल कमिटी निर्माण कार्यक्रममा नगर कमिटी सदस्यसुवेदीको उपस्थितमा रहेको थियो ।