जनप्रतिनिधि कुराउने सिडिओ ……….

  • ८ आश्विन २०७८, शुक्रबार
  • 1043 पटक पढिएको

म्याग्दी ८ असोज । शुक्रवार बेनी अस्पतालले दिउँसो एक बजे समय तोकेर कार्यालयको बार्षिक समिक्षा कार्यक्रम आयोजना ग¥र्यो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ प्रमुख र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी बिशिष्ट अतिथिको रुपमा आमन्त्रित थिए । कार्यक्रमको निर्धारित समयमै मेयर श्रेष्ठ सहित अन्य आमन्त्रित व्यक्तिहरु कार्यक्रम स्थलमा पुगेका थिए । तर विशिष्ट अतिथिको रुपमा आमन्त्रित प्रजिअ अधिकारीको ढिलासुस्तीले कार्यक्रमलाई सबा एक घण्टा ढिलाई हुन पुगेको छ ।


आयोजक भन्दा पनि अगाबै मेयर श्रेष्ठ कार्यक्रम स्थलमा पुगिसकेका थिए । तर प्रजिअ अधिकारी दुई बजेर ९ मिनेट जाँदा मात्रै कार्यक्रम स्थलमा पुगेका थिए । प्रजिअ अधिकारीलाई आयोजकले कुरेकै कारण कार्यक्रममा सहभागी करिब ३० जनाले सबा एक घण्टा समय त्यसै खेर फाल्नुपरेको थियो । महत्वपूर्ण कामहरुलाई समेत व्यवस्थापन गरेर कार्यक्रममा आएका मेयर श्रेष्ठ सहितले पत्यारलाग्दो तवरले सिडिओलाई कुर्नुपरेको थियो ।

????????????????????????????????????

कार्यक्रममा शुभकामना मन्तव्य राखेका पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले औपचारिक कार्यक्रमहरुलाई निर्धारित समयमै सूरु नगर्दा धेरै व्यक्तिको समय खेर जाने गरेको भन्दै सरोकारवालाहरुको ध्यानकर्षण गराएका थिए । कार्यक्रममा विशिष्ट अतिथिको मन्तव्य राखेका प्रजिअ अधिकारीले आफ्नो कारण कार्यक्रम नै ढिला हुन पुगेकोमा न माफि मागे नत कारण नै खुलाए ।


प्रजिअ अधिकारीले यसैसाता नै एक अर्को औपचारिक कार्यक्रममा समेत झण्टै एक घण्टा प्रदेश सभा सदस्य विनोद केसी लगायतका सहभागीलाई कुराएका थिए । सामाजिक सेवा दिवसको अवसरमा बुधवार सामाजिक विकास कार्यालयले उज्यालो बैकल्पिक विद्यालयलाई बस्तुगत सामाग्री सहयोग कार्यक्रमका अध्यक्ष समेत रहेका प्रजिअ अधिकारी निर्धारित समय दुई बजे भएपनि करिब ३ बजेपछि मात्रै कार्यक्रममा पुुगेका थिए भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य केसी लगायतले झण्डै एक घण्टा कुर्नुपरेको थियो ।

प्रजिअ अधिकारीका कारण सार्वजनिक कार्यक्रमहरुमा जनप्रतिनिधिहरुले नै कुर्नुपर्ने अवस्था देखिन थालेपछि समयको पालनामा प्रजिअ अधिकारी कमजोर देखिएको प्रष्टाएको छ । सदरमुकाम बेनीमा हुने अधिकाँश औपचारिक कार्यक्रमहरुमा कहिले अतिथि त कहिले आयोजकको ढिलासुस्तीले धेरै व्यक्तिले घण्टौ समय खेर फाल्नुपर्ने बाध्यता रहँदै आएको छ । म्याग्दीमा तत्कालिन सिडिओ रामबहादुर कुरुङबाङले आफु सहभागी हुने सार्वजनिक औपचारिक कार्यक्रममा निर्धारित समय अगाबै सहभागी भएर समयमै कार्यक्रम सुरु गर्ने अभियान चलाएका थिए ।