विश्वमित्र सहकारीको ११ औँ स्थापना दिवसमा छात्रवृति र राहत वितरण
- ६ आश्विन २०७८, बुधबार
- 1486 पटक पढिएको
बेनी, ६ असोज । बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले ११ औँ स्थापना दिवसको अवसरमा सहकारीले संस्थापक संचालकलाई सम्मान, छात्रबृत्ती प्रदान, र राहत बितरण गरेको छ। २०६८ साल असोज ६ गते स्थापना भएको सहकारीले ११ औँ स्थापना दिवसको अवसरमा सम्मान, छातवृति वितरणर राहत वितरण गरेको हो ।
सहकारीले शिक्षा कोषबाट पौलस्त्य माबि भिरमुनीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रकृति बानीयाँलाई छात्रबृत्ति प्रदान गरेको छ । शेयर सदस्य रघुगंगा गाउँपालिका अध्यक्ष समेत रहेका भव बहादुर भण्डारीको ब्यक्तिगत तर्फबाट रु दुइ हजार पाँच सय र सहकारीको शिक्षा कोषबाट रु दुई हजार पाँच सय गरि रु पाँच हजार प्रदान गरिएको उपाध्यक्ष भोज बहादुर रिजालले जानकारी दिए ।
दिवसका अबसरमा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी केसी, पुर्व उपाध्यक्ष, तारा भण्डारी, निर्वतमान अध्यक्ष, कृष्णसिङ बानीयाँ, पुर्व कोषाध्यक्ष, भावना पौडेल, पुर्व सह-सचिव कमला घर्ति लगायत ११ जनालाई सम्मान गरिएको अध्यक्ष याम बहादुर बानीयाँले जानकारी बताए ।
सहकारीले मानबिय सहायता कोषबाट बेनपा ४ का कणर् बहादुर कार्की र बेनपा १ का लाल बहादुर किसानको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । स्थापना दिबसकै अबसरमा बेनपा ६ का मृगौला पिडित खिम नेपाली र बेनपा ५ का पहिरो पिडित प्रेम प्रसाइँको परिवारलाई रु दुई हजार पाँच सयका दरले सहयोग गरेको थियो ।
स्थापनको दिवसको अवसमा सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी केसील सहकारीको लोकप्रियता र गरिमालाई जोगाउन, संचालक समिति, शेयर सदस्य र कर्मचारीहरु जिम्मेवार भएर योजनाबद्ध रुपमा काम गर्न आग्रह गरेकी थिईन । पूर्व अध्यक्ष कृष्णसिङ बानीयाँले समाजको आर्थिक र शैक्षिक क्षेत्रमा सहकारीले गरेका गतिबिधिलाई निरन्तरता दिइने बताए । कार्यक्रम सहकारीका अध्यक्ष याम बहादुर बानीयाँको अध्यक्षता, उपाध्यक्ष रिजालको स्वागत र सहसचिव भिम बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।