बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण

  • २९ जेष्ठ २०७४, सोमबार
  • 2099 पटक पढिएको

बेनी २९ जेठ । बेनीमा आईतबार बालमैत्री स्थानीय शासन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालीका कार्यालयको आयोजनामा भएको कार्यक्रमको अवसरमा नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय स्तरीय स्थानीय शाषन नगर समिति गठन भएको छ ।
कार्यकारी अधिकृत विश्वामित्र कुईकेल सदस्य सचिव रहनुभएको सो समितिमा विषयगत कार्यालय, बाल सञ्जाल, कल्व, गैरसरकारी संस्थाका प्रतिनिधिहरु सदस्य रहने व्यवस्था छ । कार्यक्रमको उद्घाटन गर्नुहुदै जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बालबालीका सम्बन्धि नितीगत व्यवस्था, योजना तथा कार्यक्रम कार्यान्वयनमा उनीहरुको समेत सहभागीता रहनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवालले बेनी नगरपालीकाको विकास र निती निर्माणका क्रममा बालमैत्री अवधारणालाई आत्मसात गरिने बताउनुभयो ।कार्यक्रममा कार्यकारी अधिकृत कुईकेल, नगरपालीकाका कार्यक्रम अधिकृत सोविता कडेल र जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत प्रकाश रेग्मीले बालमैत्री स्थानीय शाषन सम्बन्धि नितीगत व्यवस्था, संरचना, सूचकको विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर कार्यपालीकाका पदाधीकारी, वडा अध्यक्ष, सदस्य, सरकारी एवं गैरसकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।