गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार

  • ५ भाद्र २०७८, शनिबार
  • 3237 पटक पढिएको

म्याग्दी ५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ ।

शनिवार समूहमा आबद्ध २५ जना कृषकहरुले अतिसको विरुवा रोपण गरिएको समूहका अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा जडीबुटीको रुपमा अतिसको माग उच्च रहेको र गुर्जामा त्यसको सम्भावना रहेकाले व्यवासायिक खेती गरिएको हो । समूहले स्थानीय स्तरमै विरुवा उत्पादन गरि रोपण गरेको जनाएको छ ।


स्थानीय स्तरमा अतिसलाई पेटमा पर्ने गुका मार्न र शक्तिबद्र्धक औषधीको रुपमा समेत प्रयोग हुदै आएको छ । समुन्द्रि सतहदेखि २ हजार ७ सय मिटर उचाईमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त क्षेत्र मानिन्छ । हिमाली कृषक समूहले स्थानीय टिउथिबा सामुदायिक बनको साढे २ हेक्टर पाखो जग्गा भाडामा लिएर व्यावसायिक जडीबुटी खेती थालेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार, खेर गएको जग्गालाई उपयोग गरि स्थानीयको आयआर्जन बृद्धि गर्ने र रोजगार सिर्जना गर्ने उदेश्यले जडीबुटीको व्यावसायिक खेतीलाई प्राथमिकता दिईएको छ । ‘‘ यहाँ जडीबुटीको प्रशस्त सम्भावना छ, सम्भावनको उजागरमा हामीले जोड दिएका छौँ, जडीबुटी खेतीबाट निकट भबिश्यमा प्रतिफल आउने हाम्रो अपेक्षा छ’’–उहाँले भन्नुभयो ।


यस समूहले हालै उच्च घनत्वमा हुने स्वाउको खेती समेत सुरु गरेको छ । माटो परिक्षण लगायतको सम्भावनाको अध्ययन गरि यस बर्ष ७ सय स्याउका विरुवा रोपण गरिएको छ । गत बर्ष ७ हजार विरुवा बिसजराको रोपण गरेको यस समूहले सतुवा लगायतका जडीबटी समेत रोपण गरेको जनाएको छ ।