बेनीमा फोहोर ब्यवस्थापन प्रभावकारी बन्दै
- ४ भाद्र २०७८, शुक्रबार
- धिरन खत्री
- 1022 पटक पढिएको
म्याग्दी, १ भदौँ । म्याग्दीको बेनी नगरपालिकाले बेनीबजारका घरधनीलाई वितरण गरेको बाल्टीन (डसविन)ले कुहिने र नकुहिने फोहोर ब्यवस्थापनमा सहज भएको छ। बेनी नगरपालिकाको वडानम्वर –७ र ८ मा बसोबास गर्नेलाई फोहोर ब्यवस्थापनका लागि डसविन वितरण गरेको हो ।
बेनी नगरपालिकाले गतबर्ष बजारका घरधनीलाई फोहोर ब्यस्थापनका लागि बाल्टी वितरणले सहयोग पुगेको वडानम्वर ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । ‘बाल्टी निशुल्क उपलब्ध हुदाँ कुहिने र नकुहिने फोहोर ब्यवस्थापनमा सहयोग पुगेको वडाअध्यक्ष बराईलीले जानकारी दिए । ‘घरधनीलाई बाल्टी वितरणले लामो समयसम्म फोहोरको शुल्क बक्यौता रहेका घरधनीबाट बाकी रहेको बक्यौता रकम उठाउन सहयोग पुगेको छ।’
नगरपालिकामा फोहोर मैला संकलन रजिष्ट्रार अनुसार १ हजार २०० जना घरपरिवार शुल्क तिर्ने सदस्य दर्ता छन् । गत आर्थिक बर्षमा नगरपालिकाले भ्याटसहित १३ लाख ७६ हजार ३४० रुपैया बजेटबाट २ हजार बाल्टी किनेर १२ सय घरधनीलाई कुहिने र नकुहिने फोहोर ब्यवस्थापनका लागि दुइवटाको दरले बाल्टी वितरण गरिएको नगरपालिका अधिकृत एवम् सूचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले २०७७ फागुनदेखि ठेक्का प्रक्रियामा बजारको फोहोर ब्यवस्थापनमा लागेको छ। बजारको फाहोर उठाउने र ब्यवस्थापनको लागि मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा.लीका यामबहादुर दर्जीले जिम्मा लिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । मासिक १ लाख ६० हजार नगरपालिकाले बुझाउने गरी मिसन फोर बेष्ट म्यानेजमेण्टसंग सम्झौता गरेर बजारको फोहोर ब्यवस्थापन गरिरहेको जानकारी दिए । नकुहिने र कुहिने फोहोर घरधनीले छुट्याउने गर्नाले कुहिने फोहोरलाई मोल बनाउन सहज र नकुहिने फोहोर विक्रिका लागि छुटयाउनका लागि सहज भएको फोहोर ब्यवस्थापनको जिम्मा लिएका यामबहादुर दर्जीले अनुभव सुनाउनुभयो । नगरपालिकाले क्म्प्याक्टर र ट्याक्टर उपलब्ध गराएको छ । एकदिन कुहिने र अर्को नकुहिने फोहोर उठाउदै आएका छौँ ।
फोहोर ब्यवस्थापनमाफत मासिक रुपमा घरधनीले शुल्क बुझाउने गर्छन । जसअनुसार नगरपालिकाले २०७५÷०७६ मा १९ लाख ९२ हजार ४५९ रुपैयाँ संकलन, २०७६÷०७७ १९ लाख २२ हजार १२५ रुपैया संकलन र २०७७÷०७८ मा ३४ लाख २० हजार ८७४ रुपैया राजश्व फोहोर ब्यवस्थापनमा वाट उठेको सूचना अधिकारीले जानकारी दिनुभयो । फोहोर ब्यवस्थापनको ठेक्काबाहेक घरधनीले तिरेका शुल्कमार्फत बार्षिक रुपमा यति उठेको हो । बाल्टी वितरणले विगतको बक्यौता रकम उठाउन सहयोग पुगेको छ ।
नगरपालिकाले बजारको फोहोर ब्यवस्थापन गरेबापत शुल्क उठाउने गरेको छ। घरधनीको पहिलो तलाको १५०, दोस्रो तलाको रु २५०, तेस्रो तलाको रु ३५० र सो भन्दा माथि भएको घरको रु ५०० रुपैया र सरकारी कार्यालयको शुल्क रु ३५०, अस्पतालको शुल्क रु ५००, र होस्टेलको ३५० रुपैया मासिक रुपमा उठाउदै आएको नगरपालिकाले जानकारी दिएको छ । घरधनीले नगरपालिकालाई बुझाउने शुल्क भन्दा घरभाडासंग बस्नेहरुसंग मनोमानी रुपमा फोहोरको शुल्क लगाएर उठाउने गर्दै आएको गुनासो बजारमा छ । सम्वन्धीत निकायले यसमा अनुगमनमा ध्यान दिएको छैन् ।
![](https://myagdionline.com/wp-content/themes/myagdi/assets/images/dhiren.jpg)
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l