एमालेका १४ सांसदलाई कारवाहीपछि अब के हुन्छ संसदीय प्रक्रिया ?
- २ भाद्र २०७८, बुधबार
- 863 पटक पढिएको
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ । एमालेले पठाएको यो पत्रको प्रक्रिया अब के हुन्छ ? पार्टीले गरेको कारवाही सदर हुन्छ कि हुँदैन ? यसबारेमा राजनीतिक वृत्तमा चासो बढेको छ ।
एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीको संसद पद खारेज गर्ने पत्र संसद सचिवालयमा दर्ता गरिसकेको छ ।
कारवाहीमा चित्त नबुझेमा कारवाहीमा परेका सांसदहरु अदालतमा जान सक्ने बाटो भने खुल्ला नै रहेको छ ।
यसैबीच, एमालेका सांसद मेटमणि चौधरीले प्रक्रिया पुर्याई नगरिएको कारवाहीको कुनै अर्थ नरहेको बताएका छन् ।
साभार राताेपाटी डटकमबाट ।