अपांगता भएकी बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

  • २५ श्रावण २०७८, सोमबार
  • 1023 पटक पढिएको

म्याग्दी २५ साउन । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा अपांगता भएकी बालिकालाई करणी गरि गर्भवती बनाएको आरोपमा एक युवा पक्राउ परेका छन् ।

जन्मजात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मानसिक अवस्था भएकी १६ बर्षिया बालिकालाई ललाई फकाई गरि जवर्जस्ती करणी गरेको गरेर गर्भवती बनाएको आरोपमा स्थानीय २० बर्षका सोहन छिनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका युवालाई जवर्जस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट दश दिनको म्याद थप गरि थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।