देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय
- २८ असार २०७८, सोमबार
- 742 पटक पढिएको
पाँच राजनीतिक दलकाे गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।
‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, भट्टराईले भने ।
बैठकपछि बाहिरिदै माओवादी केन्द्रका नेता देव गुरुङले पावर सेयरिङबारे छलफल सुरु भएको बताए । ‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ’, गुरुङले भने ।