स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

  • २८ असार २०७८, सोमबार
  • 940 पटक पढिएको

बेनी, २८ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय सहिद मदन केसीका बुवा खिमबहादुरको असार १७ गते ६४ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

स्वर्गीय केसीकी श्रीमति खिमकुमारीको अध्यक्षतामा भएको शोकसभामा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले शिक्षक हुँदा देखि माओवादी आन्दोलनमा सहभागि भएका केसीले सत्यबादी बिचार राखेर पार्टीका गतिबिधीमा सल्लाह सुझाव दिने गरेको बताउनुभयो ।

शारिरिक अशक्तताका बावजुद निरन्तर पार्टी गतिबिधी र नेताहरुलाई बस्तुबादी सुझाव दिने केसीको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको अध्यक्ष पौडेलले बताउनुभयो । शोकसभाको सञ्चालन माओवादी केन्द्रका बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसीले गर्नुभएको थियो ।