बेनी नगरपालिकाद्वारा आत्मनिर्भर बनाउन तालिमसंगै प्रविधि सहयोग
- २७ असार २०७८, आईतवार
- धिरन खत्री
- 896 पटक पढिएको
म्याग्दी, २७ असार । बेनी नगरपालिकाले गरिवी निवारणका लागि आयोजित तालिमसगै प्रविधिहरु हस्तान्तरण गरेका छन् । गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिममा सहभागि ५५ जना महिलाहरुलाई सिपसंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिनहरु नगरपालिकाले हस्तान्तरण गरेको हो ।
आईतबार मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीको उपस्थितमा तालिम लिएकाहरुलाई ब्यवसायिक बनाउन प्रविधिमैत्री कपडा सिलाउने मेसिन, गलबन्दी बुन्ने इन्टरलक, कृषकलाई स्प्रे र हजारी वितरण गरिएको थियो ।
तीन महिने सिलाई कटाई तालिम लिएका सहभागि १८ जनालाई सिलाउने मेसिन, स्कूल झोला चिलाउने एक महिना तालिममा सहभागि ७ जना, नागासल (गलबन्दी) चिलाउने एक महिने तालिममा सहभागि १० जना र ५ दिने तरकारी सम्वन्धी तालिममा सहभागि १५ जनालाई तालिमबाट लिएको सिप अनुसारको मेसिनहरु उपलब्ध गराईएको अधिकृत युवराज थापाले बताउनुभयो । उहाँले नगपालिकाले करिव ९ लाख बजेटबाट तालिम, सिलाईकटाई गर्ने मेसिन र कृषकलाई घारहरु उपलब्ध गराएको जानकारी दिनुभयो ।
प्रविधि हस्तान्तरण कार्यक्रममा मेयर श्रेष्ठले तालिमबाट प्राप्त सिपसंगै मेसिनलाई ब्यवहारमा प्रयोग गरेर उद्यमी बन्न आग्रह गर्नुभएको थियो । उपमेयर सञ्जु बरुवालले नगरपालिकाबाट आयोजित तालिमबाट सिकेको सिप र प्रविधिलाई प्रयोग गरेर समाजमा आत्मनिर्भर बनेपछि आगामी बर्षमा नगरापलिकाले आयोजना हुने सिप विकास तालिममा अन्यलाई सिप सिक्नेतर्फ आकर्षित बनाउने ब्यवासयी बन्न आग्रह गनुभएको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l