नेकपा म्याग्दीको श्रमशिविर, बगरफाँटको खेत रोपाईमा २० जनाले गरे श्रमदान (तस्बिर सहित)
- २७ असार २०७८, आईतवार
- 767 पटक पढिएको
म्याग्दी २७ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) म्याग्दीले श्रमशिविर सञ्चालन गरेको छ । विप्लप नेतृत्वको नेकपा म्याग्दीले पार्टीलाई जनतासंग जोड्न र उत्पादनलाई प्रोत्साहन गर्न श्रमशिविर मार्फत कृषकहरुलाई सघाउन थालेको हो । शनिवार बेनी नगरपालिका–१ बगरफाँटमा स्थानीय हरि कार्कीको धान रोपाईमा पार्टीका २० जना बढी नेता तथा कार्यकर्ताहरुले धान रोपाईमा श्रमदान गरेका छन् ।

अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सचिब उषा घिमिरे, धौलागिरि संयोजक ममता शाह, अनेरास्ववियू क्रान्तिकारीका धौलागिरि व्युरो इन्चार्ज सुरेन्द्र बस्नेत, जिल्ला सचिब रोहित विक, युवा संगठन नेपालका जिल्ला अध्यक्ष नविन विश्वकर्मा, लगायत नेकपा निकट पार्टीका जनबर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु मार्फत उत्पादन अभियान अन्तर्गगत श्रमशिविर सञ्चालन गरिएको नेकपाले जनाएको छ ।

