निरन्तर बर्षाले कालिगण्डकी र म्याग्दी नदीकोे बहाब उच्च

  • १ असार २०७८, मंगलवार
  • धिरन खत्री
  • 1972 पटक पढिएको

म्याग्दी, १ असार । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी र म्याग्दी नदीको बहाफ उच्च भएको छ। दुईदिन देखि निरन्तर भएको मनसुनले खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाब बढेको हो ।

लेखमा बर्षात हुदाँ कालीगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाफपनि उच्च भएको छ । जसले कालीगण्डकी उर्लिएको छ । नदीको किनारमा रहेका बासिन्दालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ।

बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु कटानको जोखीममा परेका छन् ।

बातावरणीय मूल्यांकन नगरी सडकहरु खन्नु र जोखिमको मुल्याकंन नगर्दा ग्रामिण भेग जनताका बस्ती असुरक्षित र जनधनको ठुलो क्षति बर्षातको समयमा भोग्दै आएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l