सुवेदी र मल्लको पहलमा तीनचुली नेपालद्धारा रघुगंगामा करिब साढे १ लाख बराबरको सहयोग
- २५ जेष्ठ २०७८, मंगलवार
- 1405 पटक पढिएको
म्याग्दी २५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु साढे १ लाख बराबरको सहयोग गरेको छ । स्थानीय अगुवा बालकृष्ण सुवेदी र पूर्व एसएसपी प्रेम मल्लको पहल र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले रु १ लाख ४२ हजार ९ सय बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो ।
पीपीई ३० सेट, फेस शिल्ड ३० थान, सर्जिकल मास्क २० बक्स, एन नाइन्टी फाइभ मास्क ४० वटा, ४ वटा पल्स अक्सिमिटर सहित स्यानिटाइटर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । उक्त सामाग्री एक कार्यक्रमका बिच गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी र स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीलाई हस्तान्तरण गरिएको छ । रघुगंगा गाउँपालिकामा कोरोना रोकथाम र नियन्त्रण संगै उपचारमा समेत विभिन्न क्षेत्रबाट रचनात्मक सहयोग र सहकार्य भैरहेको छ ।