म्याग्दीमा थप ११ जनमा कोरोना संक्रमण, ६३ जना निको भएर आइसोलेसन मुक्त

  • १४ जेष्ठ २०७८, शुक्रबार
  • 1069 पटक पढिएको

म्याग्दी १४ जेठ । म्याग्दीमा शुक्रवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा मंगला गाँउपालिकामा ६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो । त्यसैगरि बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना , धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १ हजार ८५७ जना पुगेको छ जस्मा पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४१२ रहेका छन् । हाल जिल्लामा ५०१ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज ६३ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब २४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।