म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमण पुष्टि

  • १ जेष्ठ २०७८, शनिबार
  • 1169 पटक पढिएको

म्याग्दी १ जेठ । म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयाे । शनिवार कोरोना पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना रहेका छन् । उनीहरुको पिसिआरबाट कोरोना परिक्षण गरिएको हो ।

त्यसैगरि रघुगंगा गाउँपालिकाका ५ जना, बेनी नगरपालिकाका ४ जना, धवलागिरी गाउापालिकाका २ जना र मालिका गाउँपालिकाका १ जना गरी जम्मा १२ जनामा एन्टीजेन विधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको छ । यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ । जस्मा ७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट पत्ता लगाईएको हो । शनिवार १० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४४५ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ४२८ नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।