प्रधानमन्त्री ओलीलाई संसदले दिएन विश्वासको मत,प्रम ओली स्वतः पदमुक्त
- २७ बैशाख २०७८, सोमबार
- 845 पटक पढिएको
काठमाण्डौ २७ वैशाख। । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको प्रस्ताब बहुमतले अस्विकृत भएको छ । सोमबार भएको मतदानमा प्रधानमन्त्रीको विश्वासको प्रस्ताबको पक्षमा जम्मा ९३ मत परेको थियो । प्रस्तावकाे बिपक्षमा १२४ मत परेकाे छ भने १५ जना तटस्थ मत परेकेा छ । हाल कायम रहेको संसद सदस्य संख्याका आधारमा प्रधानमन्त्री ओलीले राखेको प्रस्ताब स्विकृत हुनका लागि १३६ मत आबश्यक पर्छ । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नै भएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् । प्रधानमन्त्री ओलीले अहिले साँझ मन्त्रीपरिषदको बैठक समेत बोलाएका छन् ।