कता हराए जनमोर्चाका सांसद ?
- १५ बैशाख २०७८, बुधबार
- 1212 पटक पढिएको
पाेखरा । गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ ।
मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।