राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन

  • १५ बैशाख २०७८, बुधबार
  • 2179 पटक पढिएको

म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा बादल साहि,सह सचिबमा गोकुल सुनार, कोषाध्यक्षमा दुर्गा माया रोका, सह कोषाध्यक्षमा बाबुराम रसाइली र प्रबक्तामा बिकास अनुरागी चयन भएका छन् ।


समितिको सदस्यहरुमा बिकास फगामी , छबिलाल रोका, सिमा बिश्वकर्मा, झरना बराइली, पबित्रा पुन, सुमन किसान, किरण रामदाम, सुनिल हर्मेल , गिरि भाइ बिश्वकर्मा, रामबाबु, सज्जन घर्तिमिरे, रिम रोका, प्रियंका बिस्वकर्मा , सन्दिप खत्री लगायत रहेका छन् । संघका प्रदेश अध्यक्ष कृष्ण प्रसाद गौतम, प्रदेश सदस्य एबम् महिला विभाग प्रमुख दिलु मगर, प्रिती छन्त्याल, म्याग्दी जिल्लाका संस्थापक एवम् इन्चार्ज भुपेन बानियाँ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।