म्याग्दीमा विश्व औलो दिवस मनाईयो

  • १२ बैशाख २०७८, आईतवार
  • 1309 पटक पढिएको

म्याग्दी १२ वैशाख । विश्व औलो दिवस म्याग्दीमा पनि मनाईएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले आईतवार बेनीमा पत्रकार तथा सरोकारवालासंग अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको ।कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीले नेपालमा औलोको जोखिम, अबस्था र नियन्त्रणका लागि भएका प्रयासहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने औलोलाई सन २०२५ सम्ममा अाैलाे मुक्त राष्ट बनाउने नेपाल सरकारले रणनीति बनाएको छ ।

औलोको संक्रमणलाई उन्मुलन गर्न सम्भव नभएपनि नियन्त्रण गर्न सकिने भएकाले लामखुट्टेको टोकाई हुने समयमा सतर्क बन्नुपर्ने जनस्वास्थ्य अधिकृत पराजुलीले बताउनुभयो । उहाँका अनुसार, २०७६/०७७ मा गण्डकी प्रदेशका विभिन्न जिल्लामा १९ जनामा औलोको संक्रमण पुष्टि भएको थियो । पछिल्लो तीन बर्षयता म्याग्दीमा औलोका विरामी भेटिएका छैनन् । यस बर्ष ‘‘शुन्य औलोको लक्ष्यमा पुग्छौँ’’ भन्ने नाराका साथ दिवस मनाईएको हो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष घनश्याम खड्काले मन्तव्य राख्नुभएको थियो भने कार्यालयका गणेश सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने कार्यालयका पब्लीक हेल्थ नर्स दुर्गा शर्मा, जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मी लगायतको समेत सहभागीता रहेको थियो ।