पुस्तक व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा लिलाराम गौतम

  • ५ बैशाख २०७८, आईतवार
  • 1095 पटक पढिएको

म्याग्दी, ५ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी भएका छन् । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षतमा गौतम निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित गौतमले ६९ मत ल्याउँदा प्रतिस्पर्धी पोखराका जगदिश गौतमले २७ मत लिएका थिए । मनाङबाहेक गण्डकी प्रदेशका १० जिल्लाका १०६ जना मतदाता रहेकोमा ९७ मत खसेको थियो ।

अन्य पदको सहमति अनुसार बरिष्ठ उपाध्यक्ष देवकृष्ण काफ्ले, प्रथम उपाध्यक्ष रामचन्द्र नेपाल, सचिव कृष्ण पोख्रेल,कोषाध्यक्ष तारा घले, सहसचिव प्रदिप खनाल रहेका छन् । त्यस्तै सदस्यहरू छायादेवी लुइटेल, धनबहादुर अधिकारी, थानेश्वर सुबेदी, जनक पन्त, सरस्वती भण्डारी, तिलकराम पौडेल चयन भएका छन् ।