अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितिन

  • २८ पुष २०७७, मंगलवार
  • 2155 पटक पढिएको

म्याग्दी, २८ पुस । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको को पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् ।


ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।


अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् । २७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । अरुणाले ईसेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाहीले नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो।

त्यस्तै नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला भलिबल टिमले रजत जितेको थियो। साग इतिहासमा नेपाली महिला भलिबल टिमले फाइनल खेलेको यो पहिलो पटक हो । शाहीले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिईन । शाहीलाई जिताउन म्याग्दी भलिबल संघ लगायतले जिताउ अभियान गरेको थियो ।