एउटा भावुक दृष्य, चरामा देखिएको प्रेम (भिडियो)
- २४ भाद्र २०७७, बुधबार
- 1198 पटक पढिएको
म्याग्दी २४ भदौ । सुन्दा अचम्म लाग्ने । चराहरुको प्रेम र मायाँ पनि मानिसहरुको भन्दा कम हुँदैन् । शुक्रवार विहानै बेनीको विरेन्द्रचोकमा दुई चराबिचमा देखिएको माया, प्रेम र सदभाबले मनै हल्लाउने दृष्य देखियो । सडकमा एउटा काग पल्टीरहेको थियो । उ मरिसकेको थियो ।
https://www.facebook.com/MyagdiOnlineNews/videos/2712745239004660/?eid=ARAEJ1hPbZ8VGf1N20QB_9I8mmqjgI57FBygLGY5pY1DPIgszWKVQxyi9ez5x56m4tIk_iMvGWq0EJiI
छेउमा रहेको अर्को कागले देखाएको गतिविधि निकै मार्मिक थियो । पल्टीएको कागलाई आफ्नो आवाजले पटक पटक उठाउन खोज्छ, आफ्ना चुच्चा र पखेटाहरुले छोएर उसलाई निकै बेरसम्म बोलाइरहन्छ । पल्टीएको काग मरिसकेको हुन्छ । निकै बेरपछि कागले आफ्नो गन्तव्य लिन्छ । भिडियो ः लोकेश पुन मगर । 