गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ र ? : सञ्चारमन्त्री
- २३ माघ २०७६, बिहीबार
- 1550 पटक पढिएको
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।
उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए । सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रीसमेत रहेका बाँस्कोटाले उक्त विषय अब अदालतमा पुगेको र अदालतको फैसला अनुसार नै सरकारले काम गर्ने बताए ।
‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त बाबा !’ उनले भने, ‘अदालतले सफाइ दियो भने सक्किगो नि ।’ विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
साभार राताेपाटी अनलाइनबाट