रघुगंगाको मतगणनामा ढिलाई
- १ जेष्ठ २०७४, सोमबार
- 4598 पटक पढिएको
म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा वअध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्यालले निर्वाचन अधिकृतको कार्यालयमा आईतवारको मतदान बदर गरि पुन निर्वाचन गराउन निवेदन दिएपछि रघुगंगा गाउँपालिकाको मतगणना सुरु हुन सकेको छैन् ।
सो वडामा एमाले, माओवादी केन्द्र र राप्रपाले समेत सुरक्षार्की, मतदान अधिकृतको मिलेमतोमा निर्वाचनमा सो वडामा धाँधली गरेको भन्दै पुनः मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा संयुक्त निवेदन दर्ता गराएका छन् । कुईनेमंगलेको रितुङ मावि दुलेखर्क मतदान केन्द्रमा कुल ६९३ मतदाता मध्ये ६ सय १३ जनाले मतदान गरेका थिए ।
आईतवारको निर्वाचनमा यो केन्द्र जिल्लामै सबैभन्दा बढी प्रतिशत मत खसेको केन्द्र हो । रघुगंगा गाउँपालिकामा कुल ११ हजार ५ सय ६३ मतदाता मध्ये ७ हजार ९ सय ५० जनाले मतदान गरेको थिए । यता गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले आफ्नो कार्यालयमा आएको उजुरीबारे आयोगलाई जानकारी गराईएको र आयोगको निर्देशन अनुसार मतगणनाको कार्यलाई अगाडी बढाउने जनाएको छ ।