सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन
- ११ मंसिर २०७६, बुधबार
- 5633 पटक पढिएको
म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
गम्भिर घाईते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएका थिए ।
घाईतेमध्येका मनी पुर्जाको अबस्था सामान्य रहेकाले बेनी अस्पतालमै उपचार गरिएको थियो ।
बराथ तीन तीन जना नचध्नु पर्ने यस्तो नराम्रो सम्चार सुन्न पर्ने देख्न पर्ने गलेस्वोर र बेनि बिच को तीन किलोमीटर सडक मध्य केही सडक पिचरोद भएको ले पनि जो कोहि द्राइभर हरुले निकै तीब्र गतिमा चलायको देख्छु ।यो पनि कारण हुन सक्छ दुर्घटना को कची सडक भएको भए गति सिमित हुन्थ्यो थोकिय पनि सामन्य घाइते हुन्थ्यो होला के गर्ने दशा बाजा बजायर आउदैन ।मृत आत्मा पर्ती हार्दिक श्रद्धाञ्जली अनि घाइते हरु को शिघ्र स्वास्थ्य लाभ को कामना।