नेपाली महिला समाज कतारले अन्तरक्रिया संगै तिज मनाउदै
- १९ भाद्र २०७६, बिहीबार
- 3423 पटक पढिएको
तिलु शर्मा पौडेल
दोहा कतार । “नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मूल नारा बोकेको नेपाली महिला समाज कतारले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि ६ सेप्टेम्बरका दिन रमाइलो तिज तथा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
एन आर एन ए एन सी सी कतारको महिला विभागको सह आयोजना र विभिन्न संघसस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको समाजले जनाएको छ । विगत भन्दा केही फरक ढङ्गले कार्यक्रम गर्न गई रहेका छौ, कार्यक्रममा नितान्त महिलाहरूले मात्र उपस्थिति हुन पाउने छन् समाजकी महासचिव अम्बिका खत्रीले भनिन ।
कतारमा कार्यक्रम रहेका हरेक नारीको पिडामा मलहम लगाउन सधैँ तत्पर समाजले कार्यक्रमलाई पृथक् बनाउन कतारमा रहेका महिलाहरूको अवस्था, सुरक्षा चेतना लगायतका विविध विषयमा अन्तरक्रिया गरिने संस्थाकी कार्यवाहक अध्यक्ष अमिना खानले बताइन । कतारमा स्थापित कलाकारहरुको सांगीतिक प्रस्तुति रहने उक्त कार्यक्रम नेपाली राजुताबासको सभाहलमा सम्पन्न हुँदै छ भने तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ ।