विप्लव समूह निकट बागलुङका विद्यार्थी नेता सापकोटाद्धारा पार्टी परित्याग
- २२ बैशाख २०७६, आईतवार
- 1650 पटक पढिएको
म्याग्दी, २२ बैशाख । नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट क्रान्तिकारी विद्यार्थी संगठन बागलुङका अध्यक्ष प्रविन सापकोटाले पाटी परित्याग गर्दै नेकपामा प्रवेश गरेका छन् । विप्लप निकट अखिल क्रान्तिकारी संगठन बागलुङको अध्यक्ष रहेका सापकोटा ३७ दिनसम्म जेल बसेर रिहा हुदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
प्रहरीको गिरफ्तारमा परेका उनलाई सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरिक्षक धु्रबकुमार शर्मा, नेकपा बागलुङका नेता राजीव घिमिरे, नेकपा म्याग्दीका युवा नेता कुशल पौडेल र पत्रकारहरुको रोहबरमा सार्वजनिक भएका हुन् । सरकारले गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेता तथा कार्यकर्ताहरु राजिनामा दिने र सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन् ।
सापकोटा बागलुङमा रहेर विप्लप निकट विद्यार्थीहरुको सक्रिय राजनीति गर्दै आएका थिए । बागलुङमा २७ दिन र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा १० दिन थुनामा रहेका उनलाई नेकपाका नेताद्धारा आइतबार रिहा गरेका थिए ।