मुस्ताङमा सुख्खा पहिरो, स्वास्थ्यचौकी र चर्पी बगे, ८ घर उच्च जोखिममा
- ११ चैत्र २०७५, सोमबार
- 1876 पटक पढिएको
सुशीलबाबु थकाली
मुस्ताङ, ११ मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका– १ छैरोको तिब्बतियन क्याम्पनजिकै गएराति २ बजेबाट गएको ठुलो पहिरोले धनजनको क्षति र्पुयाएको छ ।
तिब्बतीयन क्याम्पमा अहिले ६३ घरधुरी रहेको बताइएको छ । अहिल्य ५० घरधुरीमा मात्रै मानिसहरू बसोबास गर्ने भए पनि बाँकी सामुदायिक भवन, स्वास्थ्य चौकी, तारा खेल्नको लागि बनाइएको घर, विद्यालय, कभर्ड हल, सार्वजनिक शौचालय, गाईगोठ र गुम्बा रहेका छन् ।
राति २ बजेबाट आउन सुरु गरेको सुख्खा पहिरोले बिहानसम्म करिब ३० लाखसम्मको भौतिक क्षति गराएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका हवलदार टेकबहादुर श्रेष्ठले बताए । छैरो गाउँ, टिबिटेन क्याम्प र चिमाङ गाउँ आउजाउ गर्ने करिब ३० मिटर मुख्य बाटो पूरै पहिरोले बगाएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अहिले पुरै बस्ती जोखिममा छ । हालसम्म ३ ओटा सार्वजनिक शौचालय, एउटा स्वास्थ्य चौकी, एउटा स्नान घर, एउटा गाईगोठ पूर्ण रूपमा बगाएको छ । बाँकी पहिरो नजिक रहेका ८ घर उच्च जोखिममा छन् ।
५० मिटर उचाइसहितको करिब ३ सय मिटर लामो बाटो पूरै पहिरोले बगाउन सुरु गरेको छ । ‘हिजो मात्र डोजर ल्याएर खनेका थियौँ तर राती अचानक पहिरो आयो,’ उनले भने( ‘रातारात सुरक्षित स्थानतर्फ जाने काम भयो । अहिले पहिरोको उच्च जोखिममा रहेको करिब ८ घरधुरीमा बसोबास गर्ने स्थानीय छिमेकीकहाँ शरण लिन बाध्य भएका छन् ।’
फुन्चोकका अनुसार रातभर नसुती छिमेकीहरूको सामान ओसारपसार गर्न्तिर गाउँले लागेका थिए ।