नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा थकाली सर्वसम्मत

  • ८ बैशाख २०७४, शुक्रबार
  • 2229 पटक पढिएको

मुस्ताङ,८ बैशाख । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्षमा पत्रकार सुन्दर कुमार थकालीलाई सर्वसम्मत चयन भएका छन् । घरपझोङ ३ पुथाङ एयरपोर्टमा रहेको होटल ताजमा शुक्रवार भएको शाखाको पहिलो अधिवेशनले आगामी ३ वर्षिय कार्यकालका लागि थकालीको अध्यक्षता ११ सदस्य नयाँकार्यसमिति चयन गरेको हो ।
नवगठित जिल्ला कार्यसमितिमा उपाध्यक्ष सम्झना थकाली,महिला उपाध्यक्ष तृष्णा गौचन,सचिब दुर्गादेवी रसाईली,सहसचिब,बिकाश बि.क.,समाबेशी सहसचिब फुल कुमारी नेपाली र कोषाध्यक्षमा नीरज थकाली छन् ।त्यस्तै सदस्यमा रमेश बि.क.,केशब बि.क.,हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन भए ।

अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी,टिकाराम शर्मा,सिवानी सिंह बि.क.,शर्मिला गुरुङ,पेमा छेतेन बि.क. र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रिय सभासदमा भीम बहादुर रसाईली, तिलक बि.क.,आईतलाल थकाली र सुनदेवी रसाईली सर्वसम्मत चयन भएका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङको प्रथम अधिवेशनको व्यानर पढेर उद्घाटन गर्दे नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले राजनितिक सोतन्त्रताले मात्र पेशागत अधिकार सुनिश्चित हुने बताए ।उनले संगठन बलियो भएमात्र पत्रकारीता बलियो हुने भन्दै जुझारु,कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

उनले हिमालपारी मुस्ताङको पत्रकारीता धेरै संम्भावना र चुनौतीको क्षेत्र भएको बताउदै केन्द्रिय सदस्य गौतमले संञ्चार संम्पर्कलाई बलियो बनाउ जिल्लाका पत्रकारहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।त्यस्तै पत्रकार महासंघ जिल्ला तदर्थ समितिका पुर्व संयोजक भीम बहादुर रसाईलीले प्राविधिक कारण अधिवेशन समय हुन नसकेको भन्दै समितिले केही राम्रा कामहरु गरेको बताए । कार्यक्रममा तिलक बि.क. सुनदेवी रसाईलीले बोलेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुन्दर कुमार थकालीले कायर्समितिमा रहेका सबै साथीहरुको भावना समेटेर अधि बढ्ने बताउदै सबैको सहयोगले मुस्ताङको पत्रकारीता बलियो हुने बताए ।

भौगोलिक दृष्ट्रिकोणले बिकट हिमालपारी मुस्ताङमा कार्यरत केही क्रियाशिल पत्रकारहरुको पहलमा २०६८ साल साउन ११ गते भीम बहादुर रसाईलीको संयोजकत्वमा नेपाल पत्रकार महासंघ जिल्ला तदर्थ समिति गठन भएको हो ।लामो समयको रिक्तता बीच देशभर शुक्रवार छुटेका नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुको निर्वाचन संम्पन्न हुन लागेको केन्द्रिय सदस्य हरिनारायण गौतमले जानकारी दिए ।भीम बहादुर थकालीको अध्यक्षतामा भएको अधिवेशनलाई स्वागत महासंघका सदस्य आईतलाल थकाली गरेका थिए भने संञ्चालन तिलक बि.क.ले गरेका थिए ।