प्रवासि म्याग्देलिको सहयोगले यसरी फर्कियो सृस्टी भन्डारीको मुहारमा खुसी

  • ३१ चैत्र २०७३, बिहीबार
  • 2957 पटक पढिएको

म्याग्दी, ३१ चैत । २०७२ साल कार्तिक १२ गते रोजगारीको सिलसिलामा साउदि अरवमा पुगेका राखु भगवतीका कमल भण्डारीको करेन्ट लागेर मृत्यु भएपछि उहाँको परिवारलाई प्रवासि म्याग्देलिहरुको सहयोगले गर्दा राहात मिलेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र उहाँको आमा दृष्टि विहिन भएको हुदा हातमुख जोड्न समेत मुस्किल भैरहेको थियो । 

अहिले उहाँको परिवारमा उहाँकि श्रीमति, ५ बर्षकि छोरी र दृष्टिविहिन आमा हुनुहुन्छ । उहाँको श्रीमतीले आफुका लागी मेलापाता गरेर दिन गुजारे पनि छोरीको शिक्षा दिक्षा र दृष्टिविहिन आमाको हेरचाहाँमा समस्या भएको थियो । उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएको खवर विभिन्न पत्रपत्रिका र सामाजिक संजालमा आएपछि राखुका प्रदेशमा रहेका दाजुभाईहरुले आर्थिक संकलन सुरु गरेका थिए ।

हालसम्म करिव ६ लाखको हाराहारीमा सहयोग जुटेको सहयोग संकलनका अभियान्ता गोविन्द भण्डारीले जानकारी दिनुभएको छ । त्यस रकमलाई सृष्टि भण्डारीको नाममा बैंङ्कमा खाता खोलि जम्मा गरिएको छ ।

सहयोगदाता र संकलनदाताहरु हुनुहुन्छ, सागर भण्डारीको सहयोगमा जापानबाट २० हजार, भगवान भण्डारीको सहयोगमा साउदीबाट १५ हजार, रमेश भण्डारीको सहयोगमा दक्षिण कोरियाबाट १ लाख २२ हजार ६ सय बेलायतबाट अमर भण्डारीको सहयोगमा २ लाख ६४ हजार ८७ रुपैयाँ, सन्तोष भण्डारीको पाँच हजार पाँच रुपैयाँ, तिलु शर्मा पाँच हजर, अमेरीकाबाट अभिषेक शर्मा र भरत भण्डारीको सहयोगमा ७१ हजार चारसय ५३ रुपैयाँ , मोना कतारबाट ७२ हजार ६ सय १४, गोपाल भण्डारी हाल दुवैबाट ७ हजार, सुरेश केसी युकेबाट दश हजार र राखु समाज मोना बेल्जीयम बाट पचास हजार रुपैयाँ आर्थिक संकलन भएको अभियानका अभियान्ता गोविन्द भण्डारीले जानकारी दिनुभयो ।

अहिले कमल भण्डारीको छोरीले गाउँकै नर्थ स्टार ईङ्लीस बोर्डिङ्ग स्कुलमा अध्ययन गर्दैछिन् । प्रावासि म्याग्देलीको सहयोगले सृष्टिको जिवनमा एउटा आसाको किरण पलाएको छ भने दृष्टिविहिन आमाको आर्सिबाद सबै सहयोगी मनहरुलाई लाग्नेछ ।