गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधी माउण्ट एभेरष्ट र टप्स पोखरालाई

  • १८ पुष २०७५, बुधबार
  • 2646 पटक पढिएको

म्याग्दी, १८ पुष । गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनी र छात्रातर्फ टप्स मावि पोखराले जितेको छ । म्याग्दी बहुमुखी क्याम्पसको २८ औँ अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको मूल आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय भलिवल प्रतियोगितामा छात्रतर्फ माउण्ट एभरेष्ट मावि बेनीले धौलागिरि बहुमुखी क्याम्पस बागलुङलाई र छात्रातर्फ टप्स विद्यालय पोखराले माउण्ट एभरेष्ट आवासिय मावि बेनीलाई पराजित गर्दै उपाधी जितेका हुन् ।

प्रतियोगितामा विजेता र उपविजेतलाई छात्रतफ नगद रु ४० हजार र २५ हजार र छात्रातर्फ २५ हजार १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । गण्डकी प्रदेशस्तरीय प्रतियोागितामा विजेता तथा उपविजेतालाई क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सांसद विनोद केसी र जिल्ला समन्वय समितिका सभापति देवेन्द्रबहादुर केसी र क्याम्पस संचालनक समितिका अध्यक्ष बालकृष्ण सुवेदीद्वरा पुरस्कार वितरण गरिएको हो ।

१४ गतेदेखि १८ गतेसम्म संचालन भएको पहिलो गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता छात्रतर्फ २४ टिम र छात्रातर्फ ८ टिमको सहभागिता रहेको स्ववियूका कार्यबाहक सभापति ईश्वर सुवेदीले बताए । भलिबल प्रतियोगिताको सेमिफाईनलमा बाहिरिने टिमलाई ८ हजार रुपैया रहेको थियो । प्रतियोगिता अवधिभर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले सास्कृतिक कार्यक्तम प्रस्तुत गरेका थिए ।