तातोपानीमा लगानी प्रताबसंगै व्यवस्थापन विवाद !
- १८ पुष २०७५, बुधबार
- 2419 पटक पढिएको
म्याग्दी १८ पुस । प्राकृतिक उपचारका लागि प्रसिद्ध यहाँको तातोपानी कुण्ड व्यवस्थापनको जिम्मा निजी क्षेत्रले लिन प्रस्ताव अघि सारेपछि विवाद सुरु भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अध्यक्ष चक्र थापा र पूर्वअध्यक्ष योगेन्द्र केसी समेत गैरआवासीय नेपाली संघ (एनआरएन) आबद्ध सदस्यहरूले तातोपानीको मुहानलाई लिजमा लिएर चलाउने प्रस्ताव अघि सारेका छन् । लामो समयदेखि समुदायको व्यवस्थापनमा बर्सेनि उल्लेख्य रकम आम्दानी गर्दै आएको प्राकृतिक कुण्डमा उनीहरूले चासो राखेपछि विवाद सुरु भएको हो ।
![](http://myagdionline.com/wp-content/uploads/2018/11/Tatopani-kunda-2.jpg)