शिद्धबाबा आधारभूत विद्यालयमा ‘महायज्ञ’ सुरु ( फोटोफिचर )

  • १६ पुष २०७५, सोमबार
  • धिरन खत्री
  • 2177 पटक पढिएको

बेनी, १६ पुस । बन्द भएको विद्यालयलाई पुर्नःसंचालनका लागि पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबारदेखि ‘महायज्ञ’ सुरु भएको छ। विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले संचालित महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गरेका हुन् ।


उदुाघाट्न समारोहमा बोल्दै अध्यक्ष तिमिल्सीनाले जनताले निशुल्क पाउने सरकारी सेवासुविधामा सरकारी कर्मचारी र समुदाय जिम्मेवार नहुदाँ नीजि क्षेत्रले फाईदा लिएको बताउदै सरकारी सेवालाई दिगो र गुणस्तर बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । सरकारी शिक्षामा क्षमतावान शिक्षक छनोट भएर आउदाँ पनि नतिजाले अभिभावक र समुदाय निराश भएको जनाउदै विद्यार्थीहरुलाई गुणस्तर शिक्षा उपलब्ध गराउन शिक्षकहरुले राज्यले दिएको दायित्वलाई पुरा गुर्नपर्ने बताए । सरकारी विद्यालयमा गुणस्तर शिक्षा संचालन गर्न सकेमा नीजि विद्यालयको आयु धेरै नरहेको तिमिल्सीनाले बताए । शिद्धबाबा विद्यालयको उद्देश्यलाई पुरा गर्न आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै समारोहमा बोल्दै महायज्ञका प्रमुख बाचक कमलनयन गौतमले विद्यालयको भौतिक शैक्षिक विकासका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।म्याग्दीका पुर्वसांसद नवराज शर्माले विद्यालयमा गुणस्तर शिक्षा संचालन लागि आयोजित महायज्ञको उद्देश्यलाई सफल बनाउन भौतिक संरचनामात्र होइन सबैले आफ्ना बालबच्चाहरुलाई यस विद्यालयमा पढाउनुपर्ने बताए । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले प्राथमिकता दिएको बताए । जलजला गाउँपालिका वडा २ र ३ का वडा अध्यक्ष गोविन्द्र खत्री र देवेन्द्रबहादुर भण्डारीले शिक्षाको भौतिक शैक्षिक गुणस्तर निर्माणका लागि आवश्यक सहयोग वडाबाट गर्ने प्रतिवद्धता जनाएका थिए ।

उद्घाटन समारोहमा जलजला गाउँपालिका अध्यक्ष मल्ल १ लाख, म्याग्दीका निर्माण ब्यवसायी नारायण जिसिले १ लाख ११ हजार १११ रुपैया सहयोग घोषणा गरेका थिए । २०६८ सालदेखि विद्यार्थी अभावका कारण बन्द भएको विद्यालयलाई गुणस्तरीय सेवासहित पुर्ण सुचारु गर्ने उद्देश्यले पुस १६ गते देखि २३ गते सम्म संचालन हुने महायज्ञमा पण्डित कमलनयन गौतमद्धारा कथाबाचन गर्नेछन् । महायज्ञबाट संकलन भएको रकमबाट भौतिक पुर्वाधारलाई ब्यवस्थित, प्रत्येक बर्ष कक्षा थप, अग्रेजी नेपाली माध्यमबाट पठपाठन, कम्प्युटर शिक्षा, आधुनिक पुस्तकालय, स्वच्छ वातावरणमा पठनपाठन निर्माणका लागि खर्च गरिने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हिराबहादुर बरुवालले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुलआयोजक समितिका संयोजक बरुवालको अध्यक्षता, सचिव मुकुन्द बैरागीको स्वागत मन्तव्य, महायज्ञ प्रचारप्रसार संयोजक कृष्ण जिसिको संचालनमा उद्घाटन कार्यक्तम सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनुपुर्व जनप्रतिनिधि, बगरबासी आमासमुह, क्लव र विभिन्न संघसस्थाले भेषभुषामा सजिदै झाँकीसहित कलशयात्रा गरेका थिए । कलशयात्रा बगरफाटँ हुदै पर्वत बेनी र म्याग्दी बेनी गरेका थिए । स्थानीयबासीको पहलमा २०७४ सालदेखि १ सम्म संचालन गरिएको विद्यालयमा ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l