वारीबेनी–बगरफाँट सडक सञ्चालन
- १२ आश्विन २०७५, शुक्रबार
- 1781 पटक पढिएको
बेनी १२ असोज । म्याग्दीको सदरमुकाम बेनी बजारसंगै रहेको जलजला गाउँपालिका २ र ३ मा पर्ने बगरफाटलाई जोड्ने वारीबेनी बगरफाँट सडक अस्थाई रुपमा सञ्चालनमा आएको छ ।
गाउँपालिकाले कालीगण्डकी नदीले कटान गरेको सडक मर्मत गरेर अस्थाई रुपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय मनिषा पुनले जानकारी दिईन । सडक मर्मतका लागि गाउँपालिकाले एक लाख रुपैया बिनियोजन गरेको थियो ।
गत भदौ २७ गते वारीवेनी देखि बगरफाँट जाने करिब बिस मिटर सडक कटान गरेर बगाएको थियो ।सडक कटान गरेर बगाएपछि करिब तिन सय घरधुरीको बसोबास रहेको बगरफाँटको सडक सञ्चाल बिच्छेद भएको थियो ।
सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ । बाँसखर्क र मल्लाजको केही भागका बासिन्दाले समेत यो सडकको प्रयोग गर्छन् । नदीमा पानीको सतह घटेपछि बेनी नगरपालिका र कालीपुलका बासिन्दासंग समन्वय गरेर कटान नियन्त्रणका लागि दिर्घकालीन योजना अघि बढाउने जलजला गाउँपालिका ३ का वडा अध्यक्ष रवी भण्डारीले बताए ।