४८ औ थाक खेलकुद प्रतियोगिता सुरु

  • ५ आश्विन २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2089 पटक पढिएको

 


बेनी ५ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा बिहीबार देखि ४८ औ थाक खेलकुद प्रतियोगिता सुरु भएको छ । थाक खेलकुद तथा सांस्कृतीक विकास संघले आयोजना गरेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्रि जगत विश्वकर्माले उद्घाटन गरेका हुन् ।मन्त्रि विश्वकर्माले मुस्ताङमा साहसीक हाई अल्टीच्युड खेल प्रशिक्षण केन्द्र स्थापनाका लागि अध्ययन सुरु गरिएको जानकारी दिए । मुस्ताङमा थातथलो भएका थकाली समुदायले स्थापीत गराएको आर्चरी खेलको प्रर्वद्धनमा सरकारले प्राथमिकता दिने मन्त्री विश्वकर्माको भनाई थियो ।


प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनले मुस्ताङको खेलकुल र संस्कृती संरक्षणमा थाक खेलकुद प्रतियोगिताको महत्वपूर्ण योगदान भएको बताए । पुरुष, महिलाभलिबल, आर्चरी,मिस मुस्ताङ, थकाली भाषामा गित र नृत्यको प्रतियोगिता गरिने थाक खेलकुद विकास संस्थाका अध्यक्ष समेत रहनुभएका प्रदेश सांसद चन्द्र मोहन गौचनले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद महेन्द्रबहादुर थकाली, ईन्द्रधारा बिष्ट, जिसस प्रमुख छिरीङ ल्यामु गुरुङ लगायत स्थानीय तहका प्रमुखहरुको सहभागीता रहेको थियो । सांस्कृतीक कार्यक्रम र झाँकी प्रर्दशनी सहित भब्य उद्घाटन गरिएको थियो ।

सबै प्रतियोगितामा मुस्ताङका ८ वटा कल्वहरुले सहभागिता जनाएका छन् । पुरुष भलिबलको उद्घाटन खेलमा साविक बिजेता निर्मल स्पोटीङ कल्व लेतेले जनकल्याण युवाकल्व स्याङलाई एक का विरुद्ध तिन सेटले पराजीत गर्दै बिजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको पुरस्कार राशी भने सार्वजनीक गरिएको छैन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुने जनाएको छ । सोहीअवसरमा घरपझोङ गाउँपालिकाले कृषि मेला प्रर्दशनीको समेत आयोजना गरेको छ ।

सन्तोष गौतम