निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित
- ८ भाद्र २०७५, शुक्रबार
- 1459 पटक पढिएको
बेनी ८ भदौ / जलजला गाउँपालिका ५ फलामेडाँडामा बिहीबार सम्पन्न निशूल्क दन्त शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् ।
हेल्डीङ हेण्डस नेपालको सहयोगमा प्राकृतिक सम्पदा संरक्षण संस्थाको आयोजनामा तिन दिनसम्म सञ्चालित शिवीरमा तिन सय जनाले सेवा लिएका आयोजकले जनाएका छन् । जलजला गाउँपालिकाको लेकफाँट, बाँसखर्क, माझफाँट, शालीजा, बनौ र अन्नपूर्ण गाउँपालिकाको राम्चे, नागीका बासिन्दाले सेवा लिएका आयोजक संस्थाका पुर्खबहादुर पुर्जाले जानकारी दिए ।
निक्की थापाको नेतृत्वमा आएको जर्मनी दन्त विशेषज्ञहरुको टोलीले दन्त परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सेवा लिएको हो । दुर्गम ग्रामिण क्षेत्रमा दन्तस्वास्थ्यको सचेतना अभिवृद्धी गरी उनिहरुलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन गरेको पुर्जाले बताए ।