मुस्ताङको जनजीवनमा आधारीत चलचित्र “छिरीङ”

  • १६ श्रावण २०७५, बुधबार
  • 4484 पटक पढिएको

निरज थकाली /  मुस्ताङ, १६ साउन । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमाआधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमागायक, अभिनेतातथानिर्देशकको पहिचानबनाएकाकलाकार यशकुमारले निर्देशन गरेको चलचित्रबारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यशकुमारको पनीअभिनय गरेको यो चलचित्रनायीकाकामनाभुजेलले अभिनयमा डेब्यु गरेकी छिन् । अल्पसंख्यक थकाली समुदायको जातीय पहिचान झल्कने भेषभुषा, चलनचल्तीमा आधारीत यो चलचित्र हलिउड शैलीमा बनाइएकाले एक्सपेरिमेन्टको रुपमालिइएको निर्देशक यशकुमारले बताए ।माया प्रेममाआधारीत चलचित्र मुस्ताङको जनजिवन र परिवेशमाआधारीत भएकाले अन्यभन्दा फरक भएको उहाँको दावी छ । अमेरीकाकाविभिन्न सहरहरुमाबिशेष प्रर्दशनीगरिसकिएको चलचित्रको साउन २५ र २६ गते जोमसोममाच्यारीटी सो गरिने भएको छ । पुथाङ आमासमुहको भवनमाबिशेष प्रर्दशनहुन लागेको हो ।


बिशेष प्रर्दशनीको जिम्मेवारी पनीआमा समूहले लिएको छ । प्रतिव्यक्तिपाँच सय रुपैया टिकटको मूल्य निर्धारण भएको छ ।  प्रतिदिन दुई सो चलचित्र देखाइने आमा समूहले जनाएको छ । यो चलचित्रले समग्र मुस्ताङ जिल्लाको पर्यटनमा टेवा पु¥याउने जनमुक्ति युवाक्लबका अध्यक्ष नरेन्द्र थकालीले बताए । झुमा चलचित्रबाट रिमेक गरिएको बोलबोल” नामकगित यस छिरिङ चलचित्रमा राखिएको छ । एक महिना अगाडि युटुव मार्फत सार्वजनिक गरिएको थियो । हालसम्म २ लाखभन्दा बढि भ्यु गरिसकेका छन् ।